back
NMB ad

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने, बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी बन्दै

Kumari bank ad

काठमाडौं । मर्जरमा जानका लागि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहमति गरेका छन् ।

यी दुवै कम्पनीले एक आपसमा मर्जरमा जानका लागि विहीबार समझदारी पत्रमा हस्ताक्षर भएको गरेका हुन् ।

उक्त समझादारी पत्रमा एभरेष्टको तर्फदेखि अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरलको तर्फदेखि महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीले ६ सदस्यीय मर्जर कमिटि समेत गठन गरेका छन् । दुवै कम्पनीका ३/३ जना सञ्चालकको प्रतिनिधित्व हुने गरि मर्जर कमिटी समेत गठन गरिएको हो ।

बीमा समितिले एक महिना अघि पुँजी वृद्धिको योजना ल्याएको थियो । सोही योजनापछि यी दुई कम्पनीहरु मर्जरमा जान लागेका हुन् ।

बीमा क्षेत्रमा हालसम्म कुनै पनि कम्पनीहरु मर्जरमा गएका छैनन् । त्यसैले यी दुई कम्पनी एकआपसमा मर्ज भएमा बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी हुनेछ ।

हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ ।

समितिले आगामी चैत मसान्तभित्र चुक्ता पुँजीको न्यूनतम सिमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने  निर्देशन जारी गरेको छ ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार २२:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...