काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार रुपैयाँ काम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन बिहीबार भने ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन भने १ हजार ३०५ रुपैयाँ कारोबार भएको थियो ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १०:५५ मा प्रकाशित