back
NMB ad

आज तीन कम्पनीको विशेष तथा साधारण सभा हुँदै, कुनको कस्ता छ एजेण्डा ?

Kumari bank ad

काठमाडौं । आज अर्थात बैशाख २३ गते विभिन्न तीन कम्पनीको विशेष तथा साधारण सभा हुँदैछ ।

उक्त दिन युनियन लाइफ इन्स्योरेन्स, युनियन हाइड्रोपावर र श्री रघुपति जुट मिल्सले सभा आयोजना गरेका हुन् ।

यीमध्ये युनियन लाईफ इन्स्योरेन्स र रघुपति जुट मिल्स साधारण सभा रहेको छ भने युनियन हाइड्रोपावरले विशेष सभा बोलाएको हो ।

आज युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

कम्पनीको सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुने छ ।

यसका साथै कम्पनीले कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने÷गाभिने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । जसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सभाको विशेष प्रस्ताव अन्तर्गत सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

यस्तै, युनियन हाइड्रोपावर कम्पनीको विशेष साधारण सभा पनि आज हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबीघाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफामा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले कम्पनीको प्रबन्धकको दफा ६ (क) र (ख) मा संशोधन गर्नेछ ।

साथै सभामा संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले कोभिड–१९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको हो ।

त्यसैगरि श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा पनि बैशाख २३ गते हुने भएको छ ।

सभा सावित्री इन्टरनेशनल (बिग होटल) को सभाकक्ष रोडशेष, विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने लगायतका विविध विषयमा छलफल गरी पारित गर्नेछ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...