काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले ८ करोड ८ लाख ८३ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा ३१.९० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड १३ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको नौ महिनाको कम्पनीको आम्दानी पनि ९.८५ प्रतिशतले वृद्धि भई १३ करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको आम्दामनी १२ करोढ २ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीकले जगेडा तथा कोषमा भने १२ करोड ६० लाख ९६ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेवटर्थ १२८ रुपैयाा १२ पैसा रहेको छ ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ११:३० मा प्रकाशित