back
NMB ad

सबैको लघुवित्तले कमायो ७ करोड १४ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा सबैको लघुवित्त वित्तीय संस्थाले ७ करोड १४ लाख ९७ हजार रुपैयाँ नाफा गरेको छ ।

शुक्रबार कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.७५ प्रतिशतले कमी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ७ करोड ९२ लाख ७० हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको नौ महिनामा कम्पनीको खुद ब्याज आम्दानी ३१.०३ प्रतिशतले वृद्धि भई १९ करोड १७ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यो आम्दानी १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको संचालन मुनाफा पनि २७.७४ प्रतिशतले वृद्धि भई २५ करोड ६३ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड २३ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा भने ०.३८ प्रतिशतले घटाएर १.३३ प्रतिशतमा झारेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको खराब कर्जा १.६१ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिसेयर नेवटर्थ १४९ रुपैयाँ ४ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...