back
NMB ad

नबिल र नेपाल बंगलादेश बैंकले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले विशेष साधारण सभा बोलाएका छन् । यी दुवै बैंक मर्जरमा जानका लागि विशेष साधारण सभा बोलाएका हुन् ।

यी दुवै बैंकले आउदो जेठ ७ गते छुट्टाछुट्टै विशेष साधारण सभा बोलाएका हुन् । नबिल बैंकको बैशाख २२ गते बिहान ९ बजे बसेको ५९५औं बैठकले जेठ ७ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

नबिल बैंकले विशेष साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्ने अन्तिम तयारीमा रहेको छ ।

जसका लागि एक्विजिसनको अख्तियारी प्रस्ताव पारित गर्न नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको हो ।

यस्तै, नेपाल बंगलादेश बैंकले जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ ।

बैंकको वैशाख २२ गतेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट बिहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले यस बैंकलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त लक्षित संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदान प्रदान अनुपातलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...