back
Kumari Bank

मे महिनामा ओप्पो ए–७६ को विशेष अफर, कति पाइन्छ छुट ?

Nepal Bank

काठमाडौं । ग्लो डिजाइन, स्टाइलिश र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिदैँ आइरहेको ओप्पोेको ए–सिरीजमा पछिल्लो समय ‘ ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।

ओप्पोे ए–७६ मा ६.५६ ईन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ ।

प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत 3264 x 2448   रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ ।

यो फोनमा ए–आई नेचुरल रिटचिङ ब्युटिफिकेशन प्रविधि परिस्कृत गरिएको छ , यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ ।

यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट शटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरईम्पोज गरिएको छ ।

यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहित अझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए–७६ नेपाली बजारको मूल्य मात्र २९ हजार ९९० रुपैयाँ रहेको छ ।

यस मे महिनामा ओप्पोको विशेष अफर मार्फत ओप्पो ए–७६ किन्दा अन्य यी ३ उत्पादनहरुमा २ हजार रुपैयाँ छुट प्राप्त गर्नुहोस् । ओप्पो फिटब्यान्ड अब मात्र ३ हजार ५९९ मा, ओप्पो W31
४ हजार ९९० रुपैयाा र ओप्पोे W51 ६ हजार ९९० रुपैयाँमा पाइनेछ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...