back
NMB ad

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Kumari bank ad

रौतहट । बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१सि१ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो ।

पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेकोे सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले जानकारी दिनुभयो । पक्राउ परेकाको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली र कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली बरामद गरिएको उहाँले बताउनुभयो ।

यसरी पक्राउ परेका यादव र सिंहलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको मगरले बताउनुभयो ।

वि.सं.२०७९ वैशाख २४ शनिवार १८:४१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...