
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले ५२ करोड २० लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा १.२४ प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड ५६ लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो ।
उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने झिनो सुधार गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा ८० करोड ९२ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष भने १.७६ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको नौ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफामा भने गिरावट आएको छ । गत वर्षको चैत मसान्तसम्ममा ५५ करोड १८ लाख ५८ हजार रुपैयाँ नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने घटेर ५४ करोड ३२ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग भने ३ अर्ब ३९ करोड ८७ लाख १२ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेवटर्थ १५० रुपैयाँ ३४ पैसा रहेको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार ११:४६ मा प्रकाशित