काठमाडौैं । मर्जरमा जानका लागि तीन इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।
प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर सम्वन्धी सम्झौता भएको हो ।
यी तीन कम्पनीहरुबीच बिहीबार मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएकोे छ । प्राइम लाइफको नेतृत्वमा युनियन र गुराँस लाइफ मर्जरमा जाने भएका हुन् ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार १७:३५ मा प्रकाशित