back
NMB ad

अपर तामाकोशीको नोक्सानी बढेर १ अर्ब ६५ करोड पुग्यो, विद्युत बिक्री आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण गरेको छ ।

उक्त अवधिमा कम्पनीको नोक्सानी झनै बढेको छ । चालु आवको चैत मसान्तसम्मा कम्पनी १ अर्ब ६५ करोड ६ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

कम्पनी गत वर्षको तेस्रो त्रैमासमा पनि ३ करोड ५० लाख २८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

वित्तीय विवरणमा उल्लेख भएअनुसार कम्पनी र विद्युत् प्राधिकरणबीच आय गणनामा भएको भिन्नता र आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने डिसप्याच नभएको एवं विद्युत् खरीद सम्झौता अनुसार उत्पादन नभएकोले त्यसको असर नाफामा परेको हो ।

चालु आवको नौ महिनमामा कम्पनीले विद्युत बिक्रीबाट ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष भने २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीले गत भदौ २५ गतेबाट दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा जोडेर विद्युत् उत्पादन गरिरहेको छ ।

वि.सं.२०७९ जेठ २ सोमवार १६:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...