back
Kumari Bank

धनगढीमा इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न, २ हजार बढीले गरे अवलोकन

Nepal Bank

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।

दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा ३० भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम २ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

फेस्टमा २३ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए, जसमध्ये इन्क्युवेसनका लागि ५ स्टार्टअप छनोट भएका छन् भने ब्ल्याक बोर्ड नेपाल प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । ब्ल्याक बोर्ड नेपालसँगै पोथी इन्क्युबेटर, सार, स्मार्ट डस्टबिन, सस्तो किताब डटकम र मिझ्नी डटकम काठमाडौंमा हुने इन्क्युवेसनका लागि छनोटमा परेका छन् ।

त्यस्तै साढे २ बजेदेखि सुरू भएको डिजिटल सुदूरपश्चिम संवादमा प्रमुख अतिथिको रूपमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री डा। रणबहादुर रावलको उपस्थिति रहेको थियो ।

ह्वावे र इन्फोडेभलपर्सले प्रायोजन गरेको डिजिटल सुदूरपश्चिम संवादमा प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा छलफल भएको छ ।

ईबीमाले मुख्य प्रायोजन गरेको स्टार्टअप एण्ड आइडिया फेस्टलाई यार्सा ल्याब्स, राष्ट्रिय वाणिज्य बैंक, प्रभु पे, सफ्वेरिका कलेज, निमा एकेडेमी, ब्रोडवे इन्फोसिस, डिशहोम फाइबरनेट, एसीसीए, सेलएप, सीएसआईटी एशोसिएसन नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, टेक्नोरियो, अप्लाई जब लगायतका विभिन्न संघ संस्थाको सहयोग रहेको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार १३:२४ मा प्रकाशित

You can share this post!

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

वि.सं.२०८२ असार २२ आइतवार २१:२२

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन...

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

वि.सं.२०८२ असार २२ आइतवार २१:०८

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र...

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने,  प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८२ असार २२ आइतवार १८:१६

काठमाडौं : गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड...

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

वि.सं.२०८२ असार २२ आइतवार १७:५५

काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८२ असार २२ आइतवार १७:४४

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा २ अर्ब ५६ करोड २७...

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २२ आइतवार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...