back
NMB ad

श्रीलङ्कामा चरम औषधि अभाव, बिरामीको ज्यान जोखिममा

Kumari bank ad

कोलम्बो । अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु¥याउन सक्ने चिकित्सकले बताएका छन् ।

जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।

श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।

राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा रोशन अमरतुङ्गा बताउँछन् ।

“कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौं .. किनकि त्यहाँ औषधिको आपूर्ति छैन,” औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको पीडादायी परिस्थितिको वर्णन गर्दै उनी भन्छन् ।

भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेका छन् भए पनि अस्पतालमा ती जीवनदायी ओखती आउन चार महिना लाग्नसक्ने उनी बताउँछन् । सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए । यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने उनले बताए ।

सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूाले आर्थिक सङ्कटको सामना गरिरहेको छ । कोविड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ ।

स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डायलाइसिसका बिरामीका लागि सुई, प्रत्यारोपण गरेका बिरामीका लागि औषधि र क्यान्सरका केही औषधिलगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन् । अवस्थाको गम्भीर्य र परिणामबारे सचेत भएकाले चिकित्सकहरू बिरामी वा उनीहरूका आफन्तभन्दा बढी चिन्तित भएका छन् ।

पेट्रोल र खाना पकाउने ग्यासको लागि सर्वव्यापी लामलाई उल्लेख गर्दै सरकारी चिकित्सक सङ्घका प्रवक्ता डा वासन रत्नसिङ्गमले उपचारको पर्खाइमा रहेकाको स्थिति भयावह भएको बताएका छन् ।

यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्यान गुमाउने अवस्था आएको उनले बताए ।

आफ्नी चार वर्षीया छोरी बिनुली बिमसराको रक्तसम्बन्धी जटिल रोगको उपचार गराइरहेकी आमाले आफू र श्रीमान् भयभीत भएको बताइन् । “पहिले हामीसँग कम्तीमा केही आशा थियो किनभने हामीसँग औषधि थियो तर अहिले हामी ठूलो डरमा बाँचिरहेका छौंँ । हामी साँच्चै असहाय छौँ, औषधिको अभाव भएको सुन्दा हाम्रो भविष्य साँच्चै अन्धकार छ ।

छोराछोरीलाई उपचारका लागि विदेश लैजान हामीसँग पैसा छैन,” बिमसराकी आमाले भनिन् ।

भारतले हालै २५ टन औषधिसहितका चिकित्सा सामग्री आपूर्ति गर्नुका साथै अन्य सहायता उपलव्ध गराएको । “भारतले यो हदसम्म कुनै पनि अन्य देशलाई सहयोग गरेको छैन, हामी भारतप्रति आभारी छौं ” श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिसले कोलम्बोको बन्दरगाहमा चिकित्सा सामग्री हजारौँ बोरा बोरा बोकेको जहाजको छेउमा उभिएर भनेका छन् । श्रीलङ्काले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा कठिन समय भएको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...