काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात बुधवार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन बुधवार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, विहीबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन भने चाँदी १ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७९ जेठ १२ बिहीवार ११:१४ मा प्रकाशित