back
NMB ad

काठमाडौंमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधवार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो भने अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ ।

ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहज बनाउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले ग्रिनल्याण्ड शाखाले यस आसपासका जनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वि.स. १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवा दिने क्रममा यस टोखा नगरवासीको सेवाको लागि शाखा स्थापना गरिएको बताउनुभयो ।

उहाँले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाभावको साथ बौद्धिक यूवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै टोखा नगरबासीको विश्वास जित्न नेपाल बैंक सफल हुनेछ भन्ने बिश्वास एवं प्रतिबद्दता व्यक्त गर्नुभयो ।

वि.सं.२०७९ जेठ १२ बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...