back
NMB ad

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी (समूह क) का केही सेयरधनीहरुले आफ्नो स्मामित्वमा रहेको सेयर बिक्री गर्न भन्दै निवेदन दिएका थिए ।

बैंकको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

बैंकको संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा के कति कित्ता सेयर खरिद गर्न चाहेको हो विवरण खुलाई आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन् ।

संस्थापक सेयर बिक्री गर्न चाहेका सेयधरनी, बिक्री सेयर संख्या (कित्ता) तथा सो को दर समेतका लागि बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

तोकिएको उक्त म्यादभित्र विद्यामान संस्थापकहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक कार्यबाही अघि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार ११:४१ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....