back
NMB ad

नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

Kumari bank ad

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्यको रूपमा चर्चा गरिने गरिएको छ।

तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एक्किन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ । छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएको, जी न्युजले उल्लेख गरेको छ ।

यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १३:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...