काठमाडौं । बिहीवार मेगा बैंक लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । आज बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य २४७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त दिन बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ६२८ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ जेठ १२ बिहीवार १५:२७ मा प्रकाशित