back
NMB ad

थप दुई कम्पनीको हकप्रद सेयर आउँदै, अनुमति माग्दै बोर्डमा दिए निवेदन

Kumari bank ad

काठमाडौं । थप दुई कम्पनीको हकप्रद सेयर आउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि दुई नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् ।

हकप्रद सेयर निष्काशनका लागि ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीले बोर्डमा निवेदन दिएका हुन् ।

१ः१.५ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि ङादी ग्रुप पावरले बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका १ करोड ६ लाख ३ हजार ९६ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले उक्त सेयर जारी गर्न जेठ ९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, बरुण हाइड्रोपावर कम्पनीले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरका २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न जेठ ११ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:०५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...