काठमाडौं । प्रभु बैैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ६११ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक योग्य बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।
संस्थापकहरुले आजैका मितिले मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको उक्त म्यादभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति संघ संस्थालाई बिक्री गरिने बताइएको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १३:१० मा प्रकाशित