काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकिएको छ । कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अर्थात सोमबार अन्तिम मौका रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसंगै भोलि अर्थात जेठ १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३० गते साधारण सभा बोलाएको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १३:२० मा प्रकाशित