back

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

बैतडी । बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन् । यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध विद्यालयहरुले जनाएका छन् ।

नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शङ्करराम ओडले बताउनुभयो ।

एक–दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने आफूले जानकारी पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक विद्यालयलाई ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन् ।

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र एक हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक वितरण हुन सक्ने एकाइ प्रमुख अवस्थीको भनाइ थियो । जिल्लामा ५४० सामुदायिक विद्यालय छन् ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १२:४४ मा प्रकाशित

You can share this post!

ADBL
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष...

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

वि.सं.२०८० जेठ २१ आइतवार १३:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...