काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
उक्त दिन नेप्सेमा सर्पोट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनीको २४ लाख ८० हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सर्पोट लघुवित्तको ३० प्रतिशत बोनस बापतको १ लाख ९८ हजार कित्ता र नेको इन्स्योरेन्सको १५ प्रतिशत बापतको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यी दुवै कम्पनीहरुको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ जेठ १७ मंगलवार १५:५३ मा प्रकाशित