काठमाडौं । प्राइम कमर्सियल बैंकले पुरानो नगद लाभांश लिनका लागि अनुरोध गरेको छ । एक सूचना निकाल्दै बैंकले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले पाँच वर्ष पुरानो नगद लाभांश हालसम्म पनि नलिएकाले असार मसान्तभित्र लिनका लागि बैंकले अनुरोध गरेको हो ।
नगद लाभांश लिन बाँकी सेयरधनीले सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सक्कल नागरिकतासहित सम्पर्क गरी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
उक्त तोकिएको नगद लाभांश नलिएमा नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ जेठ २२ आइतवार १३:२५ मा प्रकाशित