back
NMB ad

मे महिनादेखि ओप्पोह्याक २०२२ सञ्चालन हुने, विश्वका टेक प्रतिभाहरुलाई आमन्त्रणा

Kumari bank ad

काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि -सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ । ओप्पोह्याक २०२२ मार्फत कलरओएस सम्बन्धि थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइने छ ।

ओपोह्याक २०२२–कलरओएसः बौद्धिकता विश्व जोड्दै

प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधि वीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ । विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्वाध क्रस–डिभाईस कनेक्शनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।

ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” संग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ । ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ । यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्नेछ ।

ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ । तपाईले यसलाई धेरै स्क्रिनहरुको एक मस्तिस्कको रुपमा सोचेर सर्वव्यापीताको एक कदम नजिक पाउन सक्नुहुनेछ ।

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने हकाथन हो ।

एक सहभागीको रुपमा, तपाई जहाँ भएपनि, हाम्रो हाइब्रिड मोड हकाथनले कार्यक्रममा सामेल हुन सजिलो बनाएको छ । जुन देखि अगस्ट सम्म, यसमा प्राविधिक ग्यारेजहरुको श्रृङ्खलाहरु हुनेछन् जसले तपाइलाई शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट ईन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् । यसले तपाईको सपनाको परियोजना सिर्जना गर्न सक्षम पार्नेछ । विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तरक्रिया गर्ने अवसर हो । ४०,००० डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नको लागि तपाईको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागु गर्ने मौका एउटा सपना मात्र होइन ।

ओप्पोह्याकले हकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । हकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट हकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता  oppohack.com मा आवेदन दिन सक्नुहुनेछ ।

वि.सं.२०७९ जेठ २२ आइतवार १३:३५ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...