back
NMB ad

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले वैशाख २५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात जेठ २३ गते अन्तिम मौका रहेको छ ।

कम्पनीले यसअघि छिटोमा जेठ ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले फेरि जेठ १६ गतेसम्म र त्यसपछि जेठ २३ गतेसम्म आवेदन दिने सकिने व्यवस्था गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि विद्यमान जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्काशन गरेको हो ।

कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७९ जेठ २३ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...