काठमाडौं । आज अर्थात जेठ २५ गते बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।
कुल सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ जेठ २५ बुधवार ०८:२४ मा प्रकाशित