काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले संचालक श्याम बिक्रम खाँणको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको जेठ २५ गते बुधवार बसेको संचालक समितिको १५३औं बैठकले संचालक खाँणको राजिनामा स्वीकृत गरेको हो ।
कम्पनीका संस्थापक संचालक खाँण व्यक्ति समस्याको कारण राजिनामा दिनुभएको थियो ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १३:३६ मा प्रकाशित