काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ ह्वात्तै बढेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्इ भने ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन अघिल्लो दिन भने ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँद्यीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार २८० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार भने १ हजार २६५ रुपैयाँ खरिदबिक्री भएको महासंघले जनाएको छ ।
वि.सं.२०७९ जेठ २९ आइतवार ११:१० मा प्रकाशित