back
NMB ad

सीवाईसी नेपालको आईपीओ नेप्सेमा सूचीकृत: भोलिदेखि कारोबारमा आउने, ओपन रेञ्ज नै १ हजार ३३ रुपैयाँ !

Kumari bank ad

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आईपीओ अब भोलि अर्थात सोमबारदेखि कारोबारमा आउनेछ ।

जेठ २७ गते नेप्से र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता भएसंगै दोस्रो बजारमा सोमबारदेखि कारोबार सुरु हुने भएको हो ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३५५ रुपैयाँ ३६ पैसादेखि १ हजार ३३ रुपैयाँ ८ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ २४४ रुपैयारुँ ३६ पैसा रहेको छ । जसका कारण कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३५५ रुपैयाँ ३६ पैसादेखि १ हजार ३३ रुपैयाँ ८ पैसा ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले गत वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आईपीओ निष्काशन गरेको थियो ।कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ बैशाख १५ गते बाँडफाँड भएको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको थियो ।

कम्पनीको आईपीओ ३६ हजार ९४८ जना सर्वसाधारणले १०/१० कित्ता सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता सेयर पाएका छन् ।

वि.सं.२०७९ जेठ २९ आइतवार १०:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...