back
Mega Long Ad

नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भुमिका

काठमाडौं । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ ।

यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल I/O की नोटमा प्रदर्शन गरिएको थियो ।

थप रुपमा, ओप्पो फाईन्ड एन एण्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोन मध्ये एक हो । ओप्पोले, ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरुका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ । फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बिटा ओप्पो फाईन्ड एकस प्रो फ्लाशिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध छ ।

ओप्पोका लागि नवप्रवर्तन भनेको सफलताका प्रविधिहरु समाबेश गर्नु मात्र नभएर कमजोरीहरु पहिचान गर्ने र प्रयोगकर्ताहरुलाई सशक्त बनाउन नवीन समाधानहरु डिजाइन गर्ने बारे हो । ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भने ‘ओप्पो फाईन्ड एनले प्रविधिको उन्नति मार्फत प्योगकर्ताहरुलाई सशक्त बनाउन ओप्पोको अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्दछ । गुगलसँग मिलरे काम गर्दै, हामी यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौँ ।

ओप्पो फाईन्ड एनमा रहेको एण्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेको लागि अनुकुल नयाँ सुविधाहरुको दायरा समावेश गर्दछ ।

थप रुपमा, मे १२ मा गुगल I/O को दोस्रो दिन पछि, ओप्पो र गुगल ईन्जिनियरहरुले संयुक्त रपमा नयाँ स्मार्टफोन फर्म फ्याक्टरहरुको भविष्य हार्डवेयर, सफ्टवेयरले कसरी राम्रोसँग काम गर्न सक्छन् भन्ने बारेमा गहन छलफलको लागि ईन्स्टाग्राम लाईभ सेसनको आयोजना गरेका थिए ।

सुधारिएको प्रयोगकर्ता अनुभवको लागि, सहभागिहरुले गुगल बाट एण्ड्रोइडमा UX का निर्देशक कर्नवेल समावेश गरेका थिए् । ओप्पो सफ्टवेयर उत्पादन प्रमुख ग्यारी चेन र ओप्पोका वरिष्ठ UX डिजाईनर पनि यस सेसनमा सहभागि थिए ।

वि.सं.२०७९ असार ३ शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...