काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७/०७८ को मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
वि.सं.२०७९ असार ५ आइतवार ११:०८ मा प्रकाशित