back
NMB ad

विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Kumari bank ad

काठमाडौं । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र प्रकाश रसाईली स्नेहीको समर्थनमा प्रतिनिधिसभामा सार्वजनिक विषयको महत्वमाथि छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।

सांसदहरुले कुन ठाउँमा बाढीपहिरोको जोखिम छ भन्ने विषयमा अध्ययन गरी न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपालमा हरेक वर्ष वर्षायाममा बाढीपहिरो, चट्याङ तथा डुबानका कारण धनजनको क्षति हुने गरेको भन्दै प्राकृतिक विपत्तिसँग जुध्ने पूरा तयारी नहुँदा, सजगता अपनाउन नसक्दा मानिसले ज्यान गुमाउनु परेको भन्दै यसबारे आवश्यक तयारी गर्नुपर्ने बताइएको छ ।

बाढीपहिरोलगायतका घटनाबाट मानिसहरु प्रभावित हुने भएकाले यससम्बन्धी पूर्व तयारी आवश्यक रहेको प्रस्तावमा उल्लेख गरिएको छ । विसं २०७२ को भूकम्पले गोरखा, धादिङ, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकलगायत १७ जिल्लालाई ठूलो प्रभावित पारेकाले उक्त स्थानमा पहिरोको जोखिमसमेत रहेको भन्दै यसलाई समेत विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

सांसदहरुले हरेक वर्षको बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट पाठ सिकेर सरकारले त्यसका आधारमा न्यूनीकरणका लागि समयमै आवश्यक तयारी गर्न, सम्बन्धित निकायका सबै जनशक्ति परिचालन गरी प्राकृतिक प्रकोप हुने स्थानमा तत्कालै अत्यावश्यक राहतलगायतका काम तदतारुकताका साथ सञ्चालन गर्न र जोखिमको क्षेत्र पहिचान गर्न छलफल गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै, नेपालमा बाढीपहिरोको जोखिममा रहेका घर परिवारका लागि वैकल्पिक व्यवस्था गर्न, सीमाक्षेत्रमा हुने भूभागको डुबानलगायतका विषयमा नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने बताइएको छ ।

यसैगरी, विपत्तिमा पर्नसक्ने घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउन, प्रभावित क्षेत्रमा कुनै पनि रोग, प्रकोप फैलिन नदिन औषधि उपकरणसहितको स्वास्थ्यकर्मीको टोली परिचालनका लागि तयारी अवस्थामा राख्न, उद्धार, राहतलगायतका काममा आवश्यक सहयोग पु¥याउन स्थानीय जनप्रतिनिधिलाई प्रोत्साहित गर्न, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी सङ्घ संस्थालाई समन्वयात्मक रुपमा परिचालनलगायत विषय छलफल गर्नुपर्ने सो प्रस्तावमा उल्लेख गरिएको छ ।

वि.सं.२०७९ असार ६ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...