back
NMB ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् ?

Kumari bank ad

काठमाडौं । सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो । विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रुपमा पनि काठमाडौँ विमानस्थललाई लिइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७० वर्षभन्दा बढी लामो समयपछि मुलुकभित्र अर्को भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब निर्माण सम्पन्न भई शीघ्र सञ्चालनको तयारीमा छ । हाल देशभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । यी विमानस्थल विदेशी नागरिक प्रवेश गर्ने पहिलो ढोका हुन् । विमानस्थलको सेवासुविधा भौतिक पूर्वाधारको अवस्थाले नेपाल झल्काउने भएकाले विमानस्थलको सेवा सुदृढीकरण र आधुनिक पूर्वाधार एवं प्रविधिमैत्री बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय लागिपरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन देशमा कति एयरलाइन्सले उडान भर्छन् भन्ने आम चासोको विषय बन्न सक्छ । त्यसैले कोभिड–१९ महामारीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुनकुन एयरलाइन्सले उडान सञ्चालन गरिरहेका छन् भनेर सङ्क्षिप्तमा सामग्री तयार गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोभिडपछि अन्तर्राष्ट्रियतर्फ ७० उडान भइरहेका छन् ।

आन्तरिकतर्फ कोभिडपूर्वकै अवस्था अर्थात् करिब शतप्रतिशत उडान भइरहेको छ । अन्तर्राष्ट्रियमा अहिले दैनिक सरदर दुईतर्फी ६० उडान हुँदै आएका छन् । यो सङ्ख्या मौसम सामान्य अवस्थामा भएका बेला उडान व्यवस्थापनमा सहज हुने तर अहिले मनसुन सिजन भएकाले विमानस्थलमा बढी उडान चाप हुने गरेको प्रवक्ता सिटौलाको भनाइ छ ।

विमानस्थलबाट थाई स्माइल एयरले छिट्टै उडान भर्दैछ । कोभिडपछि चिनियाँ जहाजले काठमाडौँ विमानस्थलमा नियमित ‘सेडुअल’ उडान गरेका छैनन् । अहिले चार्टर्ड उडान मात्रै भइरहेको छ । कूल ९२ लाख यात्रु क्षमताको टिआइएमा सबै एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरेकाले विमानस्थल साँघुरो हुने अधिकारी बताउँछन् ।

त्यसैले काठमाडौँ विमानस्थलको विकल्पका रुपमा भैरहवा विमानस्थललाई सञ्चालन गर्ने प्राधिकरणको नीति छ । पोखरा विमानस्थल पनि सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ । कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

उन्नाइस देशका २४ एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित ३४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका छन् । सबैभन्दा बढी चीनका चार, नेपाल र भारतका समान दुई एयरलाइन्सले उडान भर्दै आएका छन् ।

चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरिरहेका छन् भने भारतको एयर इण्डिया र इण्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान भर्दै आएको छ । एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् ।

त्यस्तै जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् ।

त्यसैगरी विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेट, ड्रक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् । एक महिनाअघि व्यावसायिक सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट कुवेतको जजीरा एयरले उडान गरिरहेको छ ।

उक्त विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाइसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । टिआइएमा विभिन्न १० हेलिकप्टर कम्पनी छन् । रासस

वि.सं.२०७९ असार ६ सोमवार १५:२२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...