काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी आईपीओ निष्काशनका लागि अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न जेठ ९ गते अनुमति पाएको हो ।
कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि गत मंसिर २० गते बोर्डमा निवेदन दिएको थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।
वि.सं.२०७९ असार ९ बिहीवार १७:१८ मा प्रकाशित