काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाली बजारमा अघिल्लो दिन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुन विहीबार भने ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिएर १ हजार २४० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन भने १ हजार २५० रुपैयाँ खरिदबिक्री भएको महासंले जनाएको छ ।
वि.सं.२०७९ असार १० शुक्रवार ११:१४ मा प्रकाशित