back
NMB ad

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । कम्पनीले आउँदो असार ३१ गते सभा गर्ने भएको हो ।

कम्पनीको असार ९ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय कुश्मा, पर्वतमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । सोही सभाले चालु आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र दुई सञ्चालकहरूको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्ने तयारी गरेको कम्पनीले अध्यक्ष तथा सञ्चालकको बैठक भक्ता तथा अन्य सुविधाहरू एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा वृद्धि लगायतका विषय पनि सभामा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७९ असार १० शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...