काठमाडौं । लगानीकर्ता तिलक कोइरालाले आमरण अनशन तोडेका छन् ।
सेयर बजार सुधार र विस्तारका लागि गरिएको १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएपछि कोइरालाले अनशन तोडेका हुन् ।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रहेका कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो ।
कोइरालाले बोर्ड अध्यक्ष हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन् । दसौँ दिन उनले अनशन तोडेका हुन् ।
पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि बोर्डको कार्यालयबाहिर अनशन थालेका थिए ।
वि.सं.२०७९ असार १० शुक्रवार १२:५० मा प्रकाशित