काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ । दुई घण्टा कारोबार खुला भएकोमा बजार १३.७८ अंकले वृद्धि भएको हो ।
शुक्रबार बजार परिसुचक १८६३.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्ड ०.०९ अंकले घटेको छ भने यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ बराबरको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर कारोबार भएको छ ।
उक्त दिन दुई कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कुमारी बैंकको सबैभन्दा बढी ८ करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रप पावर कम्पनीको ६ करोड ३१ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ असार १० शुक्रवार १३:०७ मा प्रकाशित