काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३५ अर्ब रुपैयाँ विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा सरकारको उक्त विकास ऋणपत्र सूचीकृत भएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको २०८१ ’ङ’ नामको १० अर्ब, २०८१ ’च’ नामको १० अर्ब र २०८३ ’छ’ नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।
उक्त विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार नेप्सेमा सूचीकरण भएको हो ।
वि.सं.२०७९ असार १० शुक्रवार १४:१२ मा प्रकाशित