काठमाडौं । थप दुई कम्पनीले बोनस सेयर वितरण गरेका छन् ।
नेपाल पुनर्बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खाताामा बोनस सेयर जम्मा गरिदिएका हुन् ।
नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६.५ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
हेर्नुहोस् सूचना
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बोनस सेयर वितरण गरेको छ ।
कम्पनीको चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
हेर्नुहोस् सूचना
वि.सं.२०७९ असार १२ आइतवार १२:०८ मा प्रकाशित