काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज बिहान ९ बजे बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्सका सोमबार क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।
रितपूर्वक आवेदन दिने ६ हजार २६१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ५ जनाले भने थप १/१ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीले गत असार १ गतेदेखि असार ५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
जसमध्ये १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड भएको हो ।
नतिजा हेर्नका लागि
1. बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट : https://bokcapital.com.np/
2. आदर्श लघुवित्तको वेबसाइट : https://www.adarshamicrofinance.com/
3. मेरो सेयरको आईपिओ रिजल्टको वेबसाइट : https://meroshare.cdsc.com.np/
4. सीडीएसीको वेबसाइट :https://iporesult.cdsc.com.np/
वि.सं.२०७९ असार १३ सोमवार ११:५४ मा प्रकाशित