काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ०.६५ प्रतिशतले मात्र वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले बढेर ७८० रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको ७ करोड १४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ८९ हजार ८७४ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७९ असार १३ सोमवार १६:०१ मा प्रकाशित