काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (सिआईबी)ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुर जिल्ला साविक ईकुडोल गा.वि.स. वडा नं. ७ हाल ललितपुर म.न.प.वडा नं.१३ कुसुन्ती बस्ने माधव प्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।
निजले राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि ट्रान्स्कृप्ट कीर्ते गरी पेश गरेका थिए ।
निजलाई आज असार १४ गते थसीखेल, ललितपुर, पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौमा उपस्थित गराईएको हो ।
वि.सं.२०७९ असार १४ मंगलवार १५:४७ मा प्रकाशित