back
NMB ad

कति पाउला त दोर्दी खोला जलविद्युतको आईपीओले ओपन रेञ्ज ? यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । गत असार ८ गते बुधवार दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भईसकेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो ।

गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख १ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी ९ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १३ लाख ६२ हजार ५ सय ३६ जनाको भने हात खाली भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका बराबरको कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको थियो ।

अन्तिम दिनसम्म १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०२ रुपैयाँ ३९ पैसादेखि ३०७ रुपैयाँ १७ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ३९ पैसा रहेको छ । जसका आधारमा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

वि.सं.२०७९ असार १५ बुधवार १६:३२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...