back

४० भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ काठमाडौंमा सुरु

काठमाडौं । अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिवार देखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।

दुई दिनसम्म संचालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए ।

नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए ।

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

वि.सं.२०७९ असार १६ बिहीवार १६:३६ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...