back
NMB ad

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

Kumari bank ad

बैतडी । बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिनुभयो । चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुनेछ ।

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकामा यहाँका तीन पालिकाले एक महिना अगावै विद्युतीय भुक्तानी सुरु गरेको हो । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि पालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो ।

विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताहरुले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको अन्त्य हुनाका साथै पारदर्शिता र सुशासन कायम गर्न सहयोग मिल्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदको विश्वास रहेको छ ।

उहाँले भन्नुभयो, “विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्छ, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटोछरितो हुनाका साथै

प्रक्रियागत झन्झट कम गरी कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने विश्वास लिएका छौँ ।” जिल्लाका अन्य स्थानीय तहहरुले पनि विद्युतीय भुक्तानी सेवा सुरु गर्ने तयारी भइरहेको जनाएका छन् ।

वि.सं.२०७९ असार २१ मंगलवार १४:१४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...