back
NMB ad

बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Kumari bank ad

काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा बिहीवार काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ को कार्यान्वयन, नयाँ प्रविधि अवलम्वन र जनशक्ति विकास लगायतका विषयमा बीमा समिति र आइक्यान लगायत बीमा क्षेत्रसँग सम्वद्ध संघ संस्थाहरू आपसी सहयोग एवम् सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिल आइक्यानसँग सहकार्य शुरू गरेको र यो सहकार्य निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा समिति र आइक्यान मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ । जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ ।

लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि मान १७ कार्यान्वयन गर्नै पर्छ ।”

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि,मान १७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताउनुभयो ।

आइक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, मान १७ को कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न आइक्यान तयार रहेको बताउनुभयो ।

कार्यक्रममा आइक्यानका कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हाले आइक्यानका काम कारवाही र निकायमकीय भूमिका, बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिका काम कारवाही र नियामकीय भूमिका तथा आइक्यानका परिषद् सदस्य प्रवीण कुमार झाले बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीहरू सम्बन्धी छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन वीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, आइक्यानका पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ असार २४ शुक्रवार १५:३६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...