काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त हकप्रद सेयर निष्काशनको प्रस्ताव आगामी १४औं वार्षिक साधारण सभामा पेश गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७९ असार ३१ शुक्रवार ११:१९ मा प्रकाशित