back
NMB ad

अध्यक्ष तिमिल्सिना र नवनियुक्त भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

Kumari bank ad

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गर्नुभएको छ।सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उहाँहरुबीच शिष्टाचार भेट भएको हो।

भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल(भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गर्नुभयो।

अध्यक्ष तिमिल्सनाले नेपाल-भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल(भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’

छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ अन्तर्गत छिमेकीहरु संगको सम्बन्धलाई विशेष महत्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रसंशा गर्नुभयो।

अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सिमा क्षेत्रमा वर्षेनी बाढी र डुबान कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालिन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरुको कार्यन्वयन आवश्यक रहेको बताउनुभयो।

भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिक लगायत विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले दुई देशका संसदबीचको सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल(भारत संसदीय मैत्री समूह रहेको र यसबाट दुईदेशका संसदबीच सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राख्नुभयो।

अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्य सभाका सभापति वेनकाय नायडुको सुस्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभयो। साथै सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रण समेत गर्नुभयो।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल-भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने उल्लेख गर्नुभयो।

साथै उहाँले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुद र बिस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो। राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो।

वि.सं.२०७९ असार ३१ शुक्रवार १४:१४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...